adv

चलचित्र ‘गुनगुन’ को ‘चम्क्यो तारा चमक्क’ सार्वजनिक {भिडियो}

कात्तिक ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गुनगुन’ मा समावेश ‘चम्क्यो तारा चमक्क’ बोलको दोश्रो गीत गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइटेल र सन्नी ढकाललाई फिचरिङ गरिएको छ ।

यो गीतमा प्रदिप भट्टराइको शब्द, विकास चौधरीको संगीत, मेलिना राई र दौलत राइको स्वर छ ।

यो गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । चलचित्रमा संचिता र सन्नीको साथमा पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

 

चलचित्रका निर्देशक पुकार भट्टराइले सामाजिक कथामा यो चलचित्र बनेको बताए । प्राथना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन छ ।

भिडियो हेर्नुहोस:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु