
लिम्बुहरुको सँस्कृतिसँग जोडिएको पालम ‘उन्छोन्बा मिम्’ बुढासुब्बा डिजिटलको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । डि.वि. छबेगु, देबेन्द्र चोङबाङ, कल्पना छबेगु र अमृता वनेमले संयुक्त रुपमा स्वर दिएका छन् भने शब्द, संगित मदन वनेमको रहेको छ ।

लिम्बु संस्कार संस्कृति तथा परम्परालाई दर्शकश्रोता माझ झल्काउन खोजिएको र अहिले आएर लोप हुन लागेको पालमको जर्गेना गर्नु पर्छ भन्ने सन्देश यो म्युजिक भिडियो मार्फत दर्शाउन खोजिएको निर्देशक शरण केदेम बताउनु हुन्छ ।
ममिता पाहिम र मनोज लुम्फुङवाले अभिनय गरेका छन् भने क्यामेरामा शिरकुमार साङपाङ र दिनेश राई रहेको छ ।

भिडियो

