adv

अभिनेत्री युना उप्रेती आमा बनिन्

चलचित्र ‘पर्खी बसे’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । युना लामो समय देखी अमरिकामा बस्दै आइरहेकी छिन् ।
नेपाली चलचित्रमा सक्रिय हुँदाहुँदै पाँच वर्ष अघि अमेरिकामा भएको एक सांस्कृतिक कार्यक्रमका लागि भन्दै अमेरिका उडेकी युना, अमेरिका उड्नु पूर्व नै नेपाल नफर्कने चाँजोपाँजो मिलाएर गएकी थिइन् । त्यसबेला उनको अमेरिकामा बायोकेमेस्ट्री विषयमा पिएचडी गरिरहेका विकास अधिकारीसँग प्रेम थियो ।

युनाले अमेरिका पुगेको ४/५ महिनामा नै विकाससँग कोर्टम्यारिज गरेकी थिइन् । खास नाम यमुना उप्रेती भए पनि उनी चलचित्र क्षेत्रमा युना नामले चर्चित छिन् । उनले गएको २१ नोभेम्बर अर्थात् मंसिर ५ गते छोरीलाई अमेरिकामा जन्म दिएकी हुन् ।

अमेरिकामै रहँदै आएका विकास अधिकारीसँग उनले विवाह गरीन् । अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुक मार्फत सेयर गरेकी छिन् ।

युनाले फेसबुक मार्फत नै छोरीको नाम आफूहरुले ‘साईरा’ राखेको पनि उल्लेख गरेकी छिन् । चलचित्र ‘पर्खि बसेँ’ पछि युनाले हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस लगायतका चलचित्रमा काम गरेकी छिन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु