adv

राजेश पायल राईको ‘रङ्गियो रे तिम्रो सिउदो’ सार्वजनिक {भिडियो}

नेपालका चर्चित गायक राई इच किङ राजेश पायल राईको स्वर रहेको “रङ्गियो रे सिउँदो” शीर्षकको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।म्युजिक भिडियोमा जीवनभर सँगै जिउने बाचा गरेको एक जोडिको कथामा केटीको अर्कैसँग विवाह हुँदाको पीडा देखाईएको छ । उक्त गीतमा राजेन्द्र राईको शब्द रहेको छ भने एरेन्ज मानसी किरणले गरेका हुन् । सङगीत सर्जुन राईले गरेका छन् भने निर्देशन पनि सर्जुन कै रहेको छ ।

उक्त म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन्, भने ड्रोन पाइलटको भूमिकामा अविनाश मानन्धर छन् । अहिले चर्चामा रहेकी नायिका मिरुना मगर, रुपेश चाम्लिङ राई र पहिलोपटक म्युजिक भिडियोमा डेब्यु गरेका चर्चित सञ्चारकर्मी बिश्व लिम्बुको मुख्य अभिनय रहेको छ । भिडियोलाई राजधानीको विभिन्न भागमा छायांकन गरिएको छ ।

भिडियो हेर्नुहोस:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु