adv

नेपाली चेली मेनुकाको टुङ्गियो यात्रा ‘सारेगमप’ टप ११ बाट !

गायिका मेनुका पौडेल भारतीय रियालिटि शो ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका पौडेलले आफू टप ११ बाटै बाहिरिएको जानकारी दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्- ‘टप ११ सम्म आइपुग्नु मेरो लागि धेरै ठूलो गर्वको कुरा हो, अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ।’


आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु । अड्किएका यति धेरै कामहरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की यहाँहरु को माया साथ आशिर्वाद सधैँ रहने छ । मेनुका ‘सारेगमप’ मा जाने पहिलो नेपाली कलाकार हुन्। संगीतकर्मी तथा सारेगमप का निर्णायक वाजिद खानले मेनुकाको गायकीको प्रशंसा गरेका थिए र मेनुकालाई मेगा अडिसनमा लैजाने निर्णय सुनाएका थिए।

यस्तै अर्की सोना मोहापत्राले पनि उनले गीतलाई अनुभूत गरेको र उनको संगीतको परिपक्कताको प्रशंसा गरेकी थिइन् ।निर्णायक शेखर रभजानीको आँखामा मेनुकाको प्रस्तुतीपछि आँशु झारेका थिए।

तीनजना नै निर्णायकले उनलाई मेगा अडिसनको लागि बोलाएका थिए। प्रस्तुती पछि उनलाई जुरी मेम्बरले १०० प्रतिशत नै अंक दिएका थिए। मेनुका नेपाल आइडलको पहिलो सिजनकी सहभागी हुन् । उनी नेपाल आइडलमा पनि टप ११ बाट बाहिरिएकी थिइन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु