नेपाली कलाकार शंकर लामिछाने भारतमा बसोवास गदै आएका छन । उनले हिन्दी भाषामा गीत तयार गरेर भिडियो बनाएर सार्वजनिक गर्दै आएका छन् ।उनै शंकरको शब्द तथा संगीतमा तयार भएको ‘हर लम्हा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक भिडियोमा शंकर आफैले मोडलिङ गरेका छन् भने उनलाई नायिका मरिष्का पोखरेलले साथ दिएकी छिन् ।मरिष्का र शंकरले अभिनय गरेको यो गीतलाई बलिउडको गीत भनेर प्रचार गरिएको छ । तर, यो बलिउडको गीत होइन । हिन्दी भाषामा गाइएको गीत हो । भिडियोको छायांकन नेपालमै गरिएको छ । नेत्र गुरुङले भिडियोको छायांकन गरेका छन् ।