adv

नेपालले दिएको ११४ रनको चुनौती युएईले पछ्याउँदै (live link)

 

११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले पाँचौं विकेट गुमाएको छ । युएईले पाँचौं विकेटको रुपमा फाहाड नवाजलाई दुई रनमा गुमाएको हो । सन्दीपले १६.३ ओभरमा नवाजलाई बोल्ड आउट गरेका हुन् ।

योसँगै युएईको १७ ओभरको समाप्तिमा चार विकेट गुमाएर ७० रन भएको छ । यसअघि युएईका लागि सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच र चिराग सुरीले चार रन बनाएर आउट भए ।
नेपालका लागि भने करण केसीले दुई र कप्तान पारस खड्का र सोमपाल कामीले समान १-१ विकेट लिएका छन् ।
यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

 

LIve Link

https://youtu.be/e0gaowMdIl4

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु