adv

‘गीत गजल’ मा रुप र आरोहीको रोमान्स !

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भैरहेको चलचित्र ‘गीत गजल’ मा समावेश एक गीतको छायांकन भारतको गोवामा गरिएको छ । छायांकन भएको गीतमा चलचित्रका मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचरिङ गरिएको छ । छायांकन भएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुरेश लामा र अन्जु पन्तको स्वर छ ।

‘छ कि छैन थाहा’ बोलको गीतको भिडियोको लोकेशन समेत आकर्षक देखाउन गोवा पुगेको निर्देशक चन्दले बताए । भिडियोमा निर्देशक आफैले कोरियोग्राफी गरेका छन् । आरोहण क्षेत्रीको लगानीमा तयार भैरहेको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आज्ञा करनजीत लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुरेश काफ्लेले यो गीतको भिडियो खिचेका हुन् । चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, अर्जुन जीसीको सम्पादन छ । लभ स्टोरी कथामा बनिरहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु