adv

रबि ओडले लोक संगीतको बलात्कार गरेको भन्दै बसन्त थापा आक्रोशित {भिडियो सहित}

नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन ।  आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि रबि ओड माथि आक्रोशित भएका हुन् । केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलाइ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए।

बसन्त थापा र प्रलाहद सुबेदी सङ्गको  कुराकानी हेर्नुहोस्:

लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रलाहद सुबेदीले दुख व्यक्त गरे । हाल चर्चामा रहेको ‘सालको पातको टपरी’ गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएका थिए ।
कलाकारको सम्मान गर्न नसकेको भन्दै गीतकार र संगीतकारको अपमान नगर्न अनुरोध गरेका हुन् ।

रबी ओडले गाएको भिडियो हेर्नुहोस्:

https://www.youtube.com/watch?v=i7rtiKYivSM

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु