धेरैजसो नेपालीहरुमा ग्याष्ट्रिक रहने गरेको छ । प्रायः मानिसहरू यसलाई सामान्य रुपमा लिन्छन् । तर, यसको समयमै ख्याल नगरेमा अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना प्रवल रहन्छ । स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानले देखाएअनुसार ग्याष्ट्रिकका रोगीहरुलाई हप्तामा कम्तीमा दुई पटक रातीको समयमा निकै पीडा हुन्छ र यो समस्याले अर्को दिनसम्म पिरोल्छ ।

के हो त ग्याष्ट्रिक ?
हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।
धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।
ग्याष्ट्रिक अहिलेको जीवनशैली, रातिसम्म काम गर्नु, ढिलो सुत्नु, चिल्लो र मदिराजन्य पदार्थ धुम्रपान,धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ । यसलाई बेवास्ता गरिएमा अल्सर र क्यान्सरजस्ता समस्या आउन सक्छन्। एसिडिटिबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ।
ग्याष्ट्रिकका लक्षणहरू:
पेट, छाती र घाँटीमा जलन हुनु, अमिलो डकार वा पानी आउनु ग्याष्ट्रिकको मुख्य लक्षण रहेको पाइन्छ । यसको अरु लक्षणहरुमा कहिलेकाहीँ बान्ता हुनु, कब्जियत हुनु, भुँडि ढाडिनु, टाउको दुख्नु थप लक्षणहरु हुन् ।

ग्याष्ट्रिक हुँदा के खाने ?
१. कार्बोहाइड्रेट कम खाने: पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
२. कागती पानी पिउने: पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ ।
३. दूध नखाने तर दही खाने: ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही खानु राम्रो हुन्छ ।
४. समयमा खाना खाने: ग्यास्ट्रिक भएकाले सकेसम्म प्रत्येक दुई घण्टाको फरकमा केही खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर समस्या उत्पन्न हुन्छ ।
५. पानी प्रशस्त पिउने: लगातार पानी खाँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जीउमा समेत पानीको सन्तुलन कायम रहन्छ । तर, पानीको सट्टा कोक, फ्यान्टाजस्ता कोल्ड ड्रिङ्क्स खानु हुँदैन । यिनले पेटमा ग्यास बढाउँछन् ।
६. लसुन खाने: बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकालाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

साथै, सटिक रुपमा ग्याष्ट्रिक भएकाहरुले यि कुराहरु पनि ध्यान दिनुहोस् :
१. दायाँ कोल्टो फर्केर नसुत्सुस् । यसले पेटमा डाइजेस्टिभ एसिड धेरै उत्पादन गर्छ।
२. लेट नाइट पार्टी, अल्कोहल र ड्रिकबाट टाडै रहनुस्।
३. सुत्नुभन्दा पहिलो कोल्ड ड्रिंक, चकलेट, कफी नलिनुहोस्।
४. साँझको खानामा टमाटर, भिनेगर, अमिला फलफूल नखानुहोस्।
५. हेभी र मसालेदार दाना साँझमा नखानुहोस्।
६. साँझको खाना सुत्नुभन्दा ३–४ भण्टा पहिल्यै खानुहोस्।
७. केरा खानुहोस् । यसमा प्राकृतिक एन्टिएसिड हुन्छ।
८. साँझको खाना हल्का खानुहोस् । यसले पाचन प्रक्रिया सहज हुन्छ।
९. खानापछि सोंफ वा ल्याङ सुकुमेल खानुहोस्।
१०. चिसो दुध पिउनुहोस् । यसले एसिडिटी घटाउँछ।
-एजेन्सी

