चैत्र १५ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ”साइँली” को ”प्याटप्याटे चप्पल’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सुशान्त गौतमको संगीत तथा स्वर रहेको छ भने हर्क साउदको शब्द छ । चलचित्रको त्यस गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहको प्रस्तुति रहेको छ।
रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र नायक गौरव र गायक हेमन्त रानाले मिलेर निर्माण गरेका हुन् । हेमन्त रानाको चर्चित गीत ”साइँली” बाट नै यो चलचित्रको नाम राखिएको छ । चलचित्रमा विशाल गुरुङ र मोहन रानामगरको लगानी रहेको छ ।
यो चलचित्र ”जीएच इन्टरटेन्मेन्ट” को ब्यानरमा निर्माण भएको हो । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्रमा दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंहसँगै माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्:

