
अष्ट्रेलिया बस्दै आएकी बाल गायिका आयुष्का खनियाको नयाँ गीत ”देशभित्र रहे नी” सार्वजनिक गरिएको छ ।
राष्ट्रिय भावनाले ओतप्रोत गीतलाई डाक्टर कृष्णहरि बराले लेखेका हुन् । गीतको संगीत भने गैरे सुरेशले गरेका हुन् ।
”मैले अहिलेसम्म धेरै गीतमा कलम चलाइसकेको छु, त्यसमा पनि राष्ट्रिय गीतमा कलम चलाउनुको मज्जा बेग्लै हुन्छ” – डाक्टर बरालले भने ।
”आयुष्काले नेपालीभाषा त्यति राम्रोसँग बोल्न जान्दिनन्, सुरुमा केही असहज भए पनि पछि उनले सहजै गाइन् । आयुष्का अष्ट्रेलिया बस्दै आएका कारण पनि उनलाई यो गीत निकै सुहाएको छ । उनले गीतलाई राम्रोसँग न्याय गरेकी छन्,” संगीतकार गैरे शुरेसको भनाइ थियो ।
भिडियो हेर्नुहोस्:

