चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपालमा पहिलो पहिलो अंग्रेजी र नेपाली दुवै भाषामा निर्मित चलचित्र ”द म्यान फ्रम काठमाडौं” को शिर्ष गीत इन्टरनेट रिलिज गरिएको छ । १९७४ एडी ब्याण्डले तयार पारेको ”काठमाडौं” बोलको गीतमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतले राजधानीको कथाव्यथा भनेको छ ।

सार्वजनिक गीतमा चलचित्रका लिड कलाकारहरुसँगै ब्याण्डका सदस्यहरुलाई पनि स्थान दिइएको छ । कार्लोस मेडिनाको छायांकन रहेको फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । चलचित्र नेपाल र अमेरिकामा खिचिएको छ । क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले फिल्म निर्माण गरेका हुन् ।
चलचित्रमा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, कर्माशाक्य, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । यो फिल्मलाई नेपाल प्रदर्शन लगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन पनि गर्ने निर्माण टिमको तयारी छ ।
नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मार्केटमा स्थान पाउनुपर्छ भन्ने सोचले यो चलचित्र बनाएको निर्माता उद्दिन बताउँछन् । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ ।
भिडियो हेर्नुहोस् :

