दशक अगाडिको सुपरहिट चलचित्र ”साइनो” को नाम सापटी लिएर निर्माण भएको चलचित्र ‘साइनो’ को पहिलो लोकलयको गीत सार्वजनिक भएको छ । निर्माण टिमले ”मायालुलाई जात्रैमा भेटियो” बोलको गीत सार्वजनिक गरेको हो ।

आकर्षक सेटअप तयार पारेर खिचिएको गीतमा चलचित्रका लिड कलाकार राजकुमार र मिरुना मगर फिचर्ड छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । चेतन कार्की गीतका सर्जक हुन् । गीतको भिडियोमा राज र मिरुनाले कोरियोग्राफर रामजी लामिछानेको डान्स स्टेप फलो गरेका छन् ।

नेपालकी प्रथम नायिका भुवन चन्द थापाले यो चलचित्रको निर्माण गरेकी हुन् । यसका निर्देशक रमेश थापा हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित हुने फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ ले फिल्मको कथा तयार पारेका हुन् ।
यस चलचित्रमा नीता ढुंगाना, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्र रामेश्वर कार्कीले खिचेका हुन् । चलचित्रको सम्पादक बनिश शाह हुन् भने रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।
भिडियो हेर्नुहोस्:

