
चलचित्र “कालो वर्ष” को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर युट्युब च्यानल ”भिरगो टिभी” मार्फत सार्वजनिक गरिएको हो । लक्षु गौतमले चलचित्र निर्देशन गरेका हुन् ।
चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । साथै, सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगायतका कलाकारको पनि चलचित्रमा अभिनय हेर्न पाइनेछ ।
ट्रेलरमा २०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको कथावस्तुलाई समेटिएको छ । यो चलचित्र “कालो वर्ष” आगामी वैशाख १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।
ट्रेलर हेर्नुहोस्:

