धनी बन्ने चाहना सबैको मनमा हुन्छ । तर, त्यसको लागि तपाईंमा धेरै मेहनतको साथै केही आईडियाको पनि हुन आवश्यक छ ।
संसारमा बिल गेट्स, मार्क जुकरवर्ग, स्टेभन जब्स जस्ता मानिसको व्यवसायीक सफलताको कुरा सुनेका छौँ । उनीहरुको सफलताको शुत्र के होला भनेर सोचिरहेका हुन्छौँ । तर, बिभिन्न अध्ययन अनुसन्धानले यस्ता शुत्रहरु बताएका छन् । जुन तपाईंले जान्न अत्यन्तै आवश्यक छ ।

पढ्नुहोस् धनी बन्ने यि शुत्रहरु:
-लक्ष्य निर्धारण गरेर कामको योजना अनुसार अगाडी बढ्नुपर्छ ।
-आफूले पैसा खर्च गर्ने वस्तु वा लगानी गर्ने ठाउँको उचित मूल्य र विशेषताको बारेमा पूर्ण जानकारी लिनुपर्छ ।
-जति सम्भव छ, त्यती पढ्नुपर्छ । दैनिक रुपमा विभिन्न पुस्तक पढ्ने र पढेको पुस्तकबाट सिक्ने बानी बसाल्नुपर्छ ।
-आफूले राम्रोसंग बुझेको र आफूले त्यससम्बन्धि जानेको व्यवसायमा मात्र लगानी गर्नुपर्छ ।
-पैसाको महत्वलाई बुझ्नुपर्छ ।
-अरुको सल्लाह लिनुपर्छ तर, आफ्नै निर्णयमा लगानी गर्नुपर्छ । सल्लाह दिने व्यक्तिको क्षमतालाई सुहाउने काम आफूलाई -नसुहाउने हुन पनि सक्छ।
-आफ्नो व्यवसायबाट आएको आम्दानिको धेरै प्रतिशत आफ्नो व्यवसाय बढाउनेमा लगाउनुपर्छ ।
-आम्दानी र लगानीको लेखाजोखा गरेर बचाउनुपर्छ । आम्दानि बढ्दै गएपछि बचेको पैसालाई एक ठाउँमा मात्र लगानी गर्नु हुँदैन।
-यदि कुनै एउटा जागिरमा लागिरहेको भए त्यही जागिरमा मात्र ध्यान दिनु हुँदैन, आफ्नै केही काम छुट्टै सुरु गर्नुपर्छ ।
-समय भनेको पैसा हो । त्यसैले समयलाई खेर नफाली त्यसलाई पैसामा परिणत गर्नुपर्छ ।
-आफ्नो व्यवस्थापकीय क्षमतामा वृद्धि गर्ने कोसिस गर्नुपर्छ ।
-अनावश्यक सामान किन्ने वा खर्च गर्ने बानी हटाउनुपर्छ ।

