adv

सन्दीप लामिछाने पर्न सफल ”एमर्जिङ प्लेयर अवार्ड” को दावेदार खेलाडीमा

इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई प्रदान गरिने एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल भएका छन् ।

दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।

अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।

यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आफूलाई मनपर्ने खेलाडीलाई आईपीएलको बेवसाइट https://www.iplt20.com/polls/emerging-player मा गएर भोट दिन सकिनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु