
हल्दिबारी गाउँपालिका-३ निवासी ढडुवा बजार सरसफाइ तथा बाल अभियानता अबिशेक खतिवडा वडा स्तरीय युबा तथा खेलकुद बिकास समितिमा मनोनित भएका छन् । १९ बर्षका खतिवडा सानो उमेर देखि नै सामाजिक क्षेत्रमा रुचिका साथ सक्रीय छन् ।
जलथल बाल क्लब, समुदाय प्रहरी साझेदारी हल्दिबारी ३, युवा क्लब, र अन्य विभिन्न संघसस्था मार्फत खतिवडाले धेरै कार्यक्रम गरिसकेका छन । खतिवडा झापा जिल्ला भलिबल संघका प्रदेश प्रतिनिधि तथा प्रान्तीय रेफ्रि राेशन दाहालका भान्जा हुन ।
जिल्ला वडा स्तरीय युबा तथा खेलकुद बिकास समिति गठन तथा परिचालन कार्यविधि, २०७५ को नियम ३ उप नियम २ को खण्ड (ख) बमोजिम वडा स्तरीय युबा तथा खेलकुद बिकास समिति गठन भएको हो ।
सो समितीमा संयोजक सर्मिला बिक( हल्दिबारी गाउँपालिका ३ वडा सदस्य), सदस्य सचीव भजन सङ्ग्रौला (वडा सचीव) तथा सदस्यहरुमा अबिशेक खतिवडा(अबि), श्याम महतो, मनिसा पुरी, हिमकला गिरी, जीवन याखा, बिनोद मेचे, कमल ओलि ,गुणराज निरौला, तिर्थराज भारती, कुसुम गिरी र दिनेश मेचे रहदै आएका छन् ।

