चलचित्र “मेरो एउटा साथी छ” को सेटबाट एक-अर्काको प्रेममा रहेका कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले यही बैशाख २४ गते बैबाहिक जीवनमा बढीऐ छन् । आइतबार उनिहरुले भव्य समारोहका बीच औँठी साटासाट गरेका छन् ।

आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा उनीहरुले औँठी साट्दै टिकाटालो गरेका हुन् ।
प्रज्जवल शम्सेर ‘आइकोर फिल्मस’ का मालिक प्रभु शम्सेर जबराका छोरा हुन् । अहिले यो कम्पनी प्रज्जवले चलाउँदै आएका छन् ।
विवाहपछि पनि चलचित्र निर्देशन र कोरियोग्राफीलाई निरन्तरता दिने रेनशाले बताएकी छिन् । विवाह लगत्तै उनी चलचित्र “आई एम ट्वान्टि वान” निर्देशन गर्दैछिन् । यो चलचित्रलाई प्रज्जवलले निर्माण गर्दैछन् । गत वर्ष प्रदर्शनमा आएको चलचित्र “इन्टु मिन्टु लण्डनमा” बाट रेनशाले निर्देशनमा राम्रो सम्भावना देखाएकी थिइन् । यस चलचित्रमा पनि प्रज्जवलकै लगानी थियो ।

