
भनिन्छ “स्वास्थ्य नै धन हो।” यो कुरा वास्तबमै सत्य हो । स्वास्थ्य नै ठीक छैन भने मानिसले केही गर्नै सक्दैन । त्य्सैले, सबै भन्दा पहिला हामीले आफ्नो शा रिरीक तथा मानसिक अवस्था निरोगी राख्नुपर्छ ।
मानिस निरोगी रहन के-के कुराहरुमा ध्यान दिनुपर्छ त ? डाक्टरले दिएका ३३ सुझाबहरु यसप्रकार रहेको छ । हुन त यि सुझाबहरु सुन्दा सामान्य लाग्ला तपाईंलाई, तर डाक्टरले भनेका यि सुझाबहरु मान्नु भयो भने जीवनमा तपाईलाई अत्यन्तै ठुलो फाईदा मिल्नेछ ।

निरोगी बन्न डाक्टरका ३३ सुझावहरु यसप्रकार रहेको छ:
१. दैनिक ८ गिलास पानी पिउने
२. दैनिक रूपमा साग खाने ३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने ।
६. मौसमअनुसारका फलफूल खाने
७. चिसो पेयपदार्थ नपिउने
८. चिया-कफी धेरै नपिउने
९. रेसायुक्त तरकारी खाने
१०. नुन कम खाने बढी गुलियो नखाने
११. तारेको र डढेको नखाने
१२. तरकारीको बोक्रा नफाल्ने
१३. भुटेको भटमास, मकै, चना खाने
१४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
१५. खाना खानेबित्तिकै नसुत्ने
१६. चाँडै सुत्ने र चाँडै उठ्ने
१७. ८ घण्टा मस्त सुत्ने
१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने
२०. व्यायाम गर्ने तनावमा काम नगर्ने
२१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
२२. प्रार्थना, पुजापाठ गर्ने
२३. जंकफुड, फास्टफुड सेवन नगर्ने
२४. बेलाबेलामा मनोरञ्जन गर्ने
२५. हरेक कुरामा चित्त बुझाउने
२६. धेरै नमोटाउने
२७. ६/६ महिनामा शरीर चेकअप गराउने
२८. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
२९. शाकाहारी खानपान शैली अपनाउने
३०. दिनहुँ एकपटक मजाले हाँस्ने
३१. आफूलाई कमजोर नसम्झने
३२. सकारात्मक सोचाई राख्ने
३३. ध्यान गर्ने ।


