
हामीले बदाम सधैँ खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । बदाममा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा यसको नियमित प्रयोगले क्यान्सरबाट बचाउनदेखि तौल नियन्त्रण तथा डायबिटिजबाट जोगाउनलगायतका विभिन्न समस्याहरुमा निकै फाइदाजनक हुन्छ ।
बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राखेर मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा विभिन्न प्रकारका “एन्टि अक्सिडियन्ट” र खनिज तत्व हुन्छ जसका ट्युमरलाई नियन्त्रण गरेर क्यान्सर हुनबाट जोगाउनुका साथै हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

बदाम खाँदा पेट छिट्टो डुम्म हुने भएकाले धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल छिट्टै घट्न सक्छ साथै दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ । बदाममा हुने “मोनोस्याचुरेटेड फ्याट्स” र “रिजर्भेट्रोल” तत्वले छालालाई नरम र चम्किलो बनाएर छालालाई चाउरी पर्नबाट जोगाउँछ ।
नियमित बदाम खाँदा अनुहार लगायतका शरीरका अन्य भागमा दाग आउँन दिँदैन । दैनिक एक मुठी बदाम खाएमा शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गरेर हामीलाई स्ट्रेस र तनाबबाट मुक्ति पुर्याउछ ।
बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, चिल्लो पदार्थका साथै खनिज पदार्थ प्रशस्त पाइने भएको कारण यसले हाम्रो शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ । यसको नियमित सेवनले हड्डीलाई मजबुत बनाउनुका साथै शरीरमा औषधिको रुपमा काम गर्छ ।

