adv

पार्टीमा बाबुराम र उपेन्द्रको एउटै लाइन

हरप्रहर व्यूराे । 

समाजवादी फाेरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपाल समायाेजन भएर बनेकाे पार्टी समाजवादी पार्टीका नेताहरूबीच कुनै अन्तर्विराेध नभएकाे बताएकाे छ । पार्टीका सूचना तथा प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले भट्टराई र यादवबीच बाहिर देखिएजस्तो बैचारिक मतभिन्नता पार्टीभित्र नरहेको दावी गरेकाे छ । ‘बाहिर एकथरी साथीहरू बाबुराम र उपेन्द्रको फरक फरक लाइन छ, एउटाले सरकार छोड्ने, अर्को बस्ने भन्छन्,’ उपप्रमुख पाण्डेले भने,‘यो चर्चा परिचर्चामा कुनै सत्यता छैन । बाबुराम र उपेन्द्रको लाइन एउटै छ ।’

सरकारमा रहिरहने या बाहिरिने विषयमा अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच बैचारिक विमती नरहेको पार्टीले दावी गरेको छ । समाजवादीको मुख्य एजेण्डा संविधान संशोधन रहेको र सरकारसँग संवाद र छलफलबाट नै यो एजेण्डा पुरा गर्न पार्टी प्रतिबद्ध रहेको उनले बताए । सकभर सडकमा जान नपरोस्, वार्ताकै माध्यमबाट एजेण्डा पुरा होस् भन्ने चाहना रहेको पाण्डेको भनाइ छ ।

‘एकपटक संविधान संशोधनका लागि अन्तिम कोसिस गर्ने, वार्ता बाटै समस्या समाधान भयो भने सबैको हित हुन्छ । वार्ताको माध्यमबाट भएन भने सडक त छँदैछ । तर सकभर आन्दोलनमा जान नपरोस् भन्ने हो’ पाण्डेले भने ।

पार्टीको आन्तरिक छलफलबाट आएका निष्कर्षले यसको निर्धारण गर्ने र सरकारमा बस्ने या नबस्ने भन्ने कुरा प्रधान विषय नभएको पाण्डेले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु