adv

चुलाचुलीमा अध्यक्ष लिग सुरु, उदघाटन खेलमा वडा नम्बर २ को अग्रता

चुलाचुली, ३ पुष । 

इलामको चुलाचुली गाउँपालिकामा चुलाचुली अध्यक्ष कप लिग फुटबल प्रतियोगिता २०७६ सुरु भएको छ । विहीबार भएको उदघाटन खेलमा वडा नम्बर २ फूटबल टिमले अग्रता लिइएको छ । वडा नम्बर ४ लाई ३-० गोल अन्तरले पराजित गर्दै वडा नम्बर २ ले अंक जाेडेकाे छ ।

पहिलो हाफसम्म बराबर खेलेको वडा नम्बर २ ले दोस्रो हाफको सुरुआतमै अग्रता बनाउन सफल बन्यो । विकास लिम्बूले ४९ औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए ।

दोस्रो गोल वडा नम्बर २ ले आत्माघातीको उपहार पाएको थियो । ५३ औं मिनेटमा वडा नम्बर ४ का सुनिल राईबाट आत्माघाती भएको थियो । पुन ५७ औं मिनेटमा गोल गर्दै वडा नम्बर २ का विकासब लिम्बूले गोल गरी ३-० को जित निश्चित दिलाएका थिए ।

खेल रोचक बनिरहँदा वडा नम्बर ४ का किपर सुमनदासले आफूलाई जोखिम उठाउँदै प्रतिस्पर्धी खेलाडीहरूको प्रहारलाई निकै पटक बचाउन सफल भएको थियो ।प्रतियाेगिता अन्तरगत शुक्रबार वडा नम्बर १ र वडा नम्बर ३ बीच खेल हुनेछ ।

चुलाचुली गाउँपालिकाको प्रायोजन तथा चुलाचुली खेलकुद समितिको आयोजनामा सुरु भएको प्रतियोगिताका प्रथमले ५० हजार र दोस्रोले ३० हजार साथै ट्रफ्री, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले गरेका थिए । कार्यक्रम चुलाचुली खेलकुद समितिका अध्यक्ष रामप्रसाद राईको अध्यक्षतामा भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु