adv

झापा गाउँपालिकामा अध्यक्ष कप हुने

भूमिका सुब्बा, बिर्तामाड ।

झापा गाउँपालिका सरणामतीमा पालिकास्तरिय पुरूष भलिबल प्रतियाेगिता हुने भएकाे छ । शनिबार पत्रकार सम्मेलन गरि आयोजक समितिले  प्रतियाेगिताकाे बारेमा जानकारी गराएकाे हाे ।

२०५१ सालदेखि विभिन्न नाममा निरन्तर हुँदै आएको भलिबल प्रतियोगिता यस वर्षबाट अध्यक्ष कप भनेर जाेडिएकाे छ । प्रदेश नम्बर १ पालिकास्तरीय भलिबल प्रतियोगिताको रुपमा सञ्चालन हुने आयोजक समितिका अध्यक्ष गजेन्द्र ताम्लीले बताए । झापा गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिता यही पुस १४ गतेबाट सुरु भई पुस १९ गते फाइनल हुनेछ । स्थानीय जनता माविको मैदानमा हुने प्रतियोगितामा प्रदेश नम्बर १ का २४ वटा पालिका टिमहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ हजार १ सय ११ रूपैया सहित ट्रफी प्राप्त गर्नेछ भने दोस्रो हुनेले ७१ हजार १ सय ११ सहित ट्रफीमा चित्त बुझाउनु पर्नेछ । प्रतियाेगीतामा तेस्रो स्थान बनाउन सफल टिमले २१ हजार १ सय १ सहित ट्रफी तथा चौथो हुने टिमले नगद ११ हजार १ सय ११ रूपैया सहित ट्रफी पाउनेछन् ।

प्रत्येक खेलको म्यान अफ दि म्याचले एक हजार पाउँदा प्रतियोगिताको बेस्ट डिफेन्स, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर र बेस्ट लिफ्टरले पाँच–पाँच हजार रुपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ९४ हजार ९ सय ४४ रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने झापा गाउँपालिकाले चार लाख रुपैयाँ दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु