झापा ।
निर्देशक देउकृष्ण देवान लिङखा याक्खाको निर्देशन तथा गायक धन किरण गुरुङको आवाजमा रहेको ‘‘तिम्रो यादमा’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सुनील थापाको शब्द रचान रहेको गीतलाई सिर्जन नेपालले संगीत भरेका हुन् । सिर्जन नेपालकै संगीत संयोजन रहेको गीतको भिडियो फरक शैलीमा निर्माण गरिएको छ ।
गायक धन किरण गुरुङले फिचरङि गरेको भिडियोमा गायकले म्युजिसियनहरुको साथमा लाइभ प्रस्तुति दिइरहेको दृश्य समाबेश गरिएको छ । गुरुङ गायकसँगै बेलायतको फोक्सटन सिटीमा काउन्सिलर पदमा निर्वाचित हुने पहिलो नेपाली समेत हुन् ।
शिर कुमार साम्पाङ राई छायाँकन गरेको भिडियोलाई राम प्रसाद चोधरीले सम्पादन र कलरिङ गरेका भिडियो बुढासुब्बा डिजिटल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
कृष्ण सुबेदीको सृङगार र दिनेश राईको सहायक छायाँकन रहेको भिडियोलाई अल्का गुरुङले निर्माण गरेका हुन् ।
भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेस् ।
https://www.youtube.com/watch?v=7CzmmKs_Lxg


Congrats 💐 well done you dear singer Mr Dhan Gurung 👏👏🌹
So creative spellbound mixture of love and perfection, a glimpse of childhood review the life I’m memories high capacity and wording low and medium pitch modern art really entertaining melodious if you like. I through enjoy you all musical unit many many prosperous returns. Once again lots thanks I hope more to come 🌺🎙🎼