
~चेतन आङथुपो~
प्रिय कोरोना
म यतिवेला
एक सय दुई बर्ष अघिको स्पेनिश फ्लुूको
महामारी इतिहास पढ्दैछु
इतिहास लेख्ने भन्दा पनि बनाउने रहेछ
पचासको दशकमा तिमीले
ल्याएको महामारीका संकटकालीन अवस्थाले
विश्वभर लकडाउन घोषण गर्यो ।
लकडाउन रोचक थियो
१९ दिने जनआन्दोलन
भारतिय नाकाबन्दी भन्दा
मेरो देश मात्र हैन
विश्वलाई एकै साथ सजाय दिन सफल रह्यौ
तर कोराना
म यहि चिन्तित छु ।
लकडाउनले
हुँदा खानेहरुको माग
सम्बोधन गर्नै सकेको छैन ?
बरु सक्यो
राहतकै राजनीतिक गर्न
पिपिईमाथि भ्रष्ट्रचार गर्न
सरकारले भ्रम फैलाउन
कृत्रिम अभावको मुल्य सिर्जना गर्न
कोरोना, म यहि कन्फयुज छु
तिम्रो लक्षणहरु खराब कि ?
मेरो देशका नेताहरुको नियत ?
रै पनि म
झ्यालबाट जीवन हेर्दैछु
लकडाउनको प्रभाव बुझ्दैछु
कोरोना
सधैं खुल्ला रहने दक्षिण झ्यालको नाकाबाट
म महामारीको हावा खाइरहेछु
देश
चकमन्न छ
सुनसान छ
मौनधारणमा छ
बन्द कोठामा रहेर महसुस गर्दैछु
वुहानबाट हिडेको तिमी
अब कहिले फर्किन्छौ ?
तिमी आउनु भन्दा
चार बर्ष अघि आएको महा भुकम्पको बेला
जन्मिएको कम्पन मतीे
नातीनिले टीक टकमा नक्कल गरेको हेर्दै
सत्यरानी बोजु
एकोहोरिएको छ
झर्कमान र उनकी
स्वास्नी
सांघूरो कोठामा बसेर
दुवैको मथिङ्घलले यहि सोचि राछन् ।
कोरोना कहिले फर्किन्छ र
अभावका खाल्डो पुर्न
अस्थायी जागिर
ज्यालादारीमा
फर्किने हो भनेर ?
तिम्रो लागि लाखौ दियोवाली रहने
अन्धभक्त अनुयायिको प्रश्न यहि छ ?
कोरोना तिम्रो सौन्दर्यका वास्नाले
ज्यान लिएका हजारौं
मृत आत्माहरुले
पैसा, एस आराम, धनलाई फाले पनि
आर्थिक संकट त छदै छ
तर
खाद्मन संकट नै भयो भने
के होला ?
प्रिय कोरोना
म दक्षिणकै झ्याल हेरेर
चिन्तित छु ।
संसारलाई स्तब्ध बनाउने
तिम्रो सालिन व्यवहारको
ग्लोबल ट्राभल
कहाँ पुगेर अन्त्य हुने हो ?
यात्रा भरि कतै
ठोकिन पुग्लाउ
पचासको दशकमा हराएको
एड्स
सार्स
ईबोला र
स्वाइन फ्लुलाई
भ्नि दिनु
सेम्टेम्बर ९ र ११
मेरो जन्मदिन हो भनेर
कोरोना
तिमीले आफ्नो घमण्ड कमै गरेर
फर्किने छौ, भन्नेमा
म विश्वस्त छु
तिम्रो आफ्नो बाफिलो श्वासले
मानिसहरुलाई प्रेम गरेकैै कारण
आइसोलेसन मा लगि छाड्यौ
लकडाउनमा पारि छाड्यौ
अझै कति त अर्ध चेतमा
क्वारेन्टाइनमा लडि राछन् होला ?
सामाजिक दुरी बढाइरहेछ
कोरोना
एउटा देशको मानिस
अर्को देशमा जान
पास पोर्ट पेशनु पर्छ
भिषा लाग्नु पर्छ
तर तिमी
ग्लोबल ट्राभल
कसरी गरि रहेछौं ?
तिमीले एक सताब्दीको अन्तरमा
इतिहास बदलि दियौ.
विश्वको महा योद्धालाई जित्यौ
तर
इतिहास जित्न निकै गाह्रो होला ।
किन की
छैटौं शताब्दीमा
जस्टिनियन प्लेग
चोधौ शताब्दीमा ब्ल्याकडेथ
सत्रौ र अठारौ शताब्दीतिर
ग्रेट प्लेग जन्मिएका थिए ।
उनीहरुले पनि
करोडौं मानिसहरुको ज्यान लिए
गंगा नदी उतिबेला पनि
लाखौं मुर्दाहरुले भरिएका थिए
तिमीलाई थाहा छ ?
कोरोना
यो साल नयाँ बर्षको
शुभकामना भन्न सकिन
किन कि
तिमीले
शोक संगै
आर्थिक मन्दी
बनाएर गयौ
प्रिय कोरोना
अब विश्व भ्रमण
स्थगित गर ।
–बैशाख ८/२०७७

