adv

क्वारेन्टाइन सङ्कल्प–कविता

 

~जितेन साम्पाङ

हेर्दै यी आखाहरुले
तेर्साउछ्न परपर बाटोहरु
र सोच्ने गर्छन्
की
कुनै नयाँ बटुवा
मेरो आगनीको बाटो भएर
अब कोही नहीडोस
अथवा
धर्म किनेर ईश्वरलाई बेचेर
आफू महान् भनठान्नेहरु
मेरो थानमा
मेरो गिर्जाघरमा
मेरो मस्जितमा
मेरो गुम्बामा
र मेरो मन्दिरमा
अब उप्रान्त
कोही नआओस ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु