माङसेबुङ । इलामको माङसेबुङमा ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक’ विमोचन भएको छ । मंगलबार पालिका कार्यलयमाआयोजित लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक विमोचन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख पर्शुराम खापुङ, इलाम जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्षहेमन्त राईलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए । पत्रकार राम योङहाङद्वारा लिखित एवम् माङसेबुङ गाउँपालिकाद्वाराप्रकाशित पुस्तकमा वि.सं. २०१९ देखि २०७९ सालसम्म विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको चिनारी समावेश गरिएको छ।
उक्त पुस्तकमा २०१९, २०२८, २०३४, २०३९, २०४३, २०४९, २०५४/५५, २०७४ र २०७९ सालमा सम्पन्न विभिन्न निर्वाचनबाटमाङसेबङ क्षेत्रमा निर्वाचित भएका जनप्रतिनिधिहरूको विवरण समावेश गरिएको पुस्तकका लेखक राम योङहाङले जानकारी दिएकाछन् ।
पुस्तकमा माङसेबुङको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान बारेसंक्षिप्तमा समेटिएको बताइएको छ । माङसेबुङ गाउँपालिका प्रकाशक रहेको पुस्तकमा विभिन्न निर्वाचनबाट चुनिएकाजनप्रतिनिधिहरूको चिनारी समेटिएको छ ।
१४८ पृष्ठको पुस्तकमा ४३ जना जनप्रतिधिको जीवनी, ९८ जना जनप्रतिनिधिको व्यक्तिगत विवरण र ४०३ जना जनप्रतिनिधिकोचिनारी समावेश गरिएको छ ।
वान्तावा भाषा पाठ्यक्रम पनि विमोचन

मंगलबार पालिका कार्यलयमा आयोजित लिम्बू भाषा सरकारी कामकाजको भाषा घोषणा कार्यक्रमको अवसरमा ‘वान्तवा भाषापाठ्यक्रम’ पनि विमोचन भएको छ । आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएको इलामको माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ पनि निर्माण गरेको हो ।
यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयकारुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ ।
त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ ।माङसेबुङले लिम्बू जातिको बाहुल्यता रहेको वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिकविद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।
माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१–१०) सातवटा, आधारभूतविद्यालय (कक्षा १–८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालयकक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् ।
कार्यक्रमको अवसरमा शिक्षक, विद्यार्थी, कर्मचारी र खेलाडीहरुलाई समेत सम्मान गरिएको छ ।


