adv

आज च्याब्रुङ महोत्सवमा रम्दै माङसेबुङ

माङसेबुङ लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज(जेठ १६) च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ  

माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको  हो

महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारे लगायतको प्रस्तुतिसहित सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिए महोत्सवमा  ५०० बढी च्याब्रुङ एकसाथ प्रदशर्न गरिने उनले बताए  

केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदाहो”, अध्यक्ष लिम्बूले भने, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण पुस्तान्तरण गर्नु अहिलेको आवश्यकतारहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ

महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति लिम्बू पोसाक प्रदर्शनी गरिनेछ कला, संस्कृति परम्पराको संरक्षण, प्रवद्र्धन पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्”, अध्यक्ष लिम्बूले भने  उनका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) मेख्ली(महिलाले लागाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ

धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा पाँचथरका किरात याक्थुङचुम्लुङको सहभागिता रहनेछ नयाँ पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यलेमहोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताए  

महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको स्थानीय जातजातिको कला, संस्कृति पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथिमकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए  

च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउछन  च्याब्रङ नाच(केःलाङ) विभिन्न जनावर पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ च्याब्रङ नाच (केःलाङ) मा परिवेशअनुसार च्याब्रुङको तालपनि फरक हुन्छ लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुल् प्रयास गर्दै आएका छन् यद्यपी, राज्यले लगानी संरक्षणकालागि चासो तदारुकता नदेखाएको उनीहरुको गुनासो  

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु