adv
adv

कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु

बिर्तामोड । नेपाल पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बिर्तासिटी हस्पिटल बिर्तामोडमा दश दिनदेखि उपचार गराइरहेका ५१ वर्षिय भण्डारीको आज दिउँसो मृत्यु भएको हो ।

अस्पतालमा उपचारका क्रममा कुनै सुधार नभएपछि परिवारले दिउँसो ३ बजे घर लान्छु भनेर विरामी लिएर गएको बिर्तासिटीका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए ।

घरतर्फ लैजाने क्रममा पत्रकार भण्डारीको मृत्यु भएको उनका दाजु उमानाथ भण्डारीले जानकारी दिए । पत्रकार भण्डारीकाे अहिले राति ९ बजे नै तमाेर नदीमा अन्त्येष्टि गर्न लागिएकाे छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु