adv
adv

भोलि सुरु हुने १०औं एमाले महाधिवेशनको तयारी बारे अध्यक्ष ओलीले अवलोकन गर्नेे

माधवकुमार नेपाललाई नो इन्ट्री !

दमक, ९ मंसिर ।

दशैं महाधिवेशनको लागि एमालेले एक सिङ्गे गैंणालाई लोगोमा प्रयोग गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको आसन्न १०औं महाधिवेशनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

एमाले उच्च स्रोतले दिएको जानकारी अनुसार पार्टीको १०औं महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।

भोलि शुक्रबार मध्यान्ह १२ः३० बजे नारायणी किनारामा उद्घाटन हुने महाधिवेशनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको एमाले १०औं महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

महाधिवेशनको उद्घाटन सत्रमा ५ लाख नेता कार्यकर्ता सहभागी हुने एमालेले दावी गरेको छ । यसअघि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेर महाधिवेशन उद्घाटन गर्ने जनाएको एमालेले सो भनाइको सर्वत्र विरोध भएपछि राजमार्गमा अत्यावश्यक यातायातका साधन चल्न दिनेगरी व्यवस्थापन गर्ने जनाएको छ ।

महाधिवेशनको उद्घाटन शत्र सम्पन्न हुने नारायणी किनारामा भइरहेको तयारी र महाधिवेशनको वन्द शत्र आयोजना हुने सौराहामा भइरहेका आवश्यक तयारी बारे एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार अवलोकन गर्ने नेता पाण्डेले जानकारी दिएका हुन् । ओली आजै चितवन पुग्ने कार्यक्रम रहेको एमाले स्रोतले जनाएको छ ।

देशैभरबाट महाधिवेशनमा सहभागी हुन एमाले नेता र प्रतिनिधिहरु चितवन आउने क्रम सुरु भएको बताइएको छ ।
मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनमा १ हजार ९ सस ९९ निर्वाचित प्रतिनिधि र १०६ जना थप मनोनित प्रतिनिधि गरी २ हजार १ सय ५ जनाले एमाले १० औं महाधिवेशनमा भाग लिनेछन् ।

महाधिवेशनको उद्घाटनशत्रका लागि मात्रै ५० लाखको मञ्च र साजसज्जा गरेको एमालेले वन्दशत्रका लागि आवास र खानपिनका लागि मात्रै १ करोड ६० लाख बढी खर्च गर्ने जनाएको छ । आवास र खानपिनको निम्ति ५० प्रतिशत रकम व्यवस्थापन पक्षलाई पेश्की दिइसकेको एमाले १०औं महाधिवेशन मूल आयोजक समितिले जनाएको हो ।

प्रधानमन्त्री देउवालगायत अन्य दलका नेताले सम्बोधन गर्ने

यसैबीच एमालको १० औं महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् ।

पधानमन्त्री देउवाले सरकार प्रमुख र नेपाली काङ्ग्रेस पार्टीको सभापतिको हैसियतले एमालेको १०औं महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार बिहान ११ः४५ बजे प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पुग्ने कार्यक्रम छ ।

नारायणी नदी किनारमा हुने एमाले १०औं महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर देउवा शुक्रबार दिउँसो काठ्माडौं फर्कने छन् ।
त्यस्तै एमाले महाधिवेशनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने तय भएको एमाले स्रोतले जानकारी दिएको छ ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने वा नहुने स्पष्ट हुन सकेको छैन भने लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर वा नेता राजेन्द्र महतो कसले सम्बोधन गर्ने टुङ्गो लागि नसकेको पार्टी स्रोतले जनाएको छ ।

एमालेले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई भने महाधिवेशनमा नबोलाउने सार्वजनिक गरिसकेको छ । अध्यक्ष ओलीले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा सम्बोधनका क्रममै माधव नेपाललाई एमाले महाधिवेशनमा नो इन्ट्री भनेर उद्घोष नै गरिसकेका छन् ।

यस्तै एमाले १०औं महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउने कार्यक्रम रहेको एमालेले जनाएको छ । उसले महाधिवेशनको तयारी र पाहुनाका विषयमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु