adv

प्रदेश प्रमुख खापुङबाट हलेसी दर्शन

शुक्रबार सुभद्रा मदन फाउण्डेशनको शैक्षिक कार्यक्रममा सहभागी हुने

खोटाङ, ९ मंसिर ।

खोटाङस्थित हलेसी महालेवको दर्शन गर्दै प्रदेश प्रमुख परशुराम खापुङ । उनी शुक्रबार सुभद्रा मदन फाउण्डेशनको शैक्षिक कार्यक्रममा सहभागी हुन खोटाङ पुगेका हुन् ।   तस्वीर देवेन्द्र खापुङ ।

प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले प्रदेश नम्बर १ को प्रशिद्ध तीर्थस्थल हलेसी महादेवको दर्शन गरेका छन् ।

भोलि शुक्रबार सुभद्रा मदन फाउण्डेशनले गर्ने शैक्षिक कार्यक्रममा सहभागी हुन खोटाङ पुगेका प्रदेश प्रमुख खापुङले हलेसी महादेवको दर्शन गरेका हुन् ।

उनलाई हलेसीधाममा त्रिधार्मिक केन्द्र (बौद्ध, हिन्दू र किरात)ले स्वागत तथा सम्मान गरेको थियो । प्रतिउत्तरमा प्रदेश प्रमुख खापुङले त्रिधार्मिक केन्द्रले सबैलाई जोड्न काम गरेको भन्दै खुशी व्यक्त गरे ।

खोटाङ पुग्नु अघि उनले उदयपुरका विभिन्न स्थानमा भेटघाट गरेका थिए ।

गाइघाटस्थीत जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसँग छोटो भेटघाट गरेका खापुङले जिल्लाका सुरक्षा निकाय, सरकारी निकायका प्रमुखहरु र स्थानीय संघसंस्थाका पदाधिकारीहरुसँग परिचय आदान–प्रदान गरेका थिए । प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सलामी अर्पण गरिएको थियो ।

चार दिन अघि मात्रै पुत्रशोकमा परेका त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई समवेदना दिन प्रदेश प्रमुख खापुङ निवासमै पुगेका थिए । मेयर चौधरीका छोरा डा. मनोज चौधरीको वनभोज खाने क्रममा चौडण्डीगढीस्थीत देवधार खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु