३० बैशाख, दमक ।
दमकका १० वटा वडाका विभिन्न १९ स्थानमा मतदान कार्य जारी रहेका बेला दमक चोकको अवस्था भने सुनसान र चकमन्न छ ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर भएकाले पनि दमक नेपाली राजनीतिमा बहुचर्चित नगर हो ।
राजनीतिक र निर्वाचनको माहोल जति तातिए पनि दमकमा हुने निर्वाचन सौहार्दपूर्ण रहने गरेको छ ।