३० असार, दमक ।

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत प्रस्थान गर्दैछन् ।
विशेष राजनीतिक भेटघाटका लागि भारत जाँदैगरेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डको यो भ्रमणलाई निक्कै राजनीतिक चासोका साथ हेरिएको छ ।
हालसालै नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री पत्नी आरजु राणा पनि भारत भ्रमण गएकी थिएन् र सो विषय राजनीतिक वृत्तमा निक्कै चर्चित बनेको थियो ।
शुक्रबार दिउँसो १ बजे भारत गएर प्रचण्ड साउन १ गते स्वदेश फर्किने कार्यक्रम तय भएको माओवादी केन्द्रले जनाएको छ ।
एक जना माओवादी केन्द्रीय नेताले दिएको जानकारी अनुसार भारतीय जनता पार्टी (भाजपा) को निम्तो मान्न प्रचण्ड भारत जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाले प्रचण्डलाई भ्रमणका लागि भारत डाकेको समाचार स्रोतको भनाइ छ ।

