adv

जसपा शेर्पालुङ समन्वय समितिमा दावा शेर्पा

१६ साउन, दमक ।


जनता समाजवादी पार्टी (जसपा) निकट शेर्पालुङ राष्ट्रिय समन्वय समिति शनिबार गठन गरिएको छ ।

दावा शेर्पाको अध्यक्षतामा शनिबार काठमाडौंमा आयोजित भेलाबाट शेर्पालुङ राष्ट्रिय समन्वय समिति गठन गरिएको हो । शेर्पाको अध्यक्षतामा २७ सदस्यीय समिति गठन भएको जसपा केन्द्रीय सदस्य लाक्पा शेर्पाले जानकारी दिएका छन् ।

पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समितिअन्तर्गत शेर्पालुङ क्षेत्रको दुई वटा समितिलाई समेटेर समन्वय समिति गठन गरिएको उनको भनाइ छ ।

समितिका उपाध्यक्षहरुमा रिन्जी शेर्पा, ल्हमु शेर्पा, नुर्बु शेर्पा, दीर्घमान तामाङ रहेका छन् । त्यस्तै, मुख्य सचिवमा महेशकुमार रानामगर, सचिवमा फुर्पुछिरिङ लामा, नुरु शेर्पा, फुरगेल शेर्पा छन् । कोषाध्यक्षको जिम्मेवारी ल्हाक्पा डोमा शेर्पाले पाएको संघीय परिषद सदस्य छेल्हमु शेर्पाले जानकारी दिइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादव, सांसद लीला सिटौला, पार्टीका केन्द्रीय सदस्यहरु, पहिचानसहितको राष्ट्रिय समितिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुखहरु सहभागी थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ सय ५० भन्दा बढी जसपा प्रवेश गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु