कत्तिक ९, दमक । जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समिति पुनर्गठन हुने भएको छ ।
बिहीबार झापाको दमकका आयोजित एक भेलाले आउँदो कात्तिक १४ गते जसपा नेपाल झापा जिल्ला समिति पुनर्गठन गरिने निर्णय गरेको हो ।
दमकमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादव, प्रदेश अध्यक्ष दिपक याक्खा सहित केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारी र सदस्य, लिम्बुवान राष्ट्रिय समिति र मधेश राष्ट्रिय समितिका पधिकारी सहभागी भेलाले जिल्ला पुनर्गठनको मिति तय गरेको मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीले जानकारी दिए ।
अशोक राई समूहले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टीका नाउँमा अलग गतिविधि गरेसँगै झापा जिल्लामा जसपा नेपालपुनर्गठन गर्नुपरेको जसपा नेपालका केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको भनाइ छ ।
जिल्ला पार्टी पुनर्गठनसँगै १५ वटै पालिकामा पार्टी समिति पुनर्गठन र पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल अभियानलाई प्रभावकारी बनाइने लावतीले बताएका हुन् ।