कात्तिक ९, काठमाडौं । एएफसी यु–१७ एसियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
शुक्रबार कतारको दोहास्थित एस्पायर एकेडेमीमा भएको समूह चरणको दोस्रो खेलमा कतारसँग ५–० गोल अन्तरले पराजित भएको हो। लगातार दुई खेलको हारसँगै नेपाल अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन असफल भएको छ ।
यसअघि भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो ।कतारले पहिलो खेल मंगोलियाविरुद्ध २–० को जित हात पारेको थियो ।
हरेक समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन् ।