कात्तिक ११, काठमांडौ । नेपाल महिला साफ च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ । दशरथ रंगशालामा आईतबार बेलुका भएको खेलमा चिरप्रतिद्वन्दी भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
तनाबग्रस्त खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । दोस्रो हाफ सुरुतिर१० खेलाडीमा सिमित नेपालले खेलको ७१औं मिनेटमा गोल खान पुग्यो । संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् । रेखा पौडेल दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडे पछि नेपालले दबाब भोग्नु परेको थियो ।
खेलको अन्ततिर नेपालका लागि साबित्रा भण्डारीले गोल गर्दै खेल बराबरी बनाइन् ।
अतिरिक्त समयमा नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकि गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशनगरेपछि नेपालको जित सहज बनेको हो ।
यस सँगै नेपालले साफको सेमिफाइनलमा लगातर दोस्रो पटक भारतलाई हराउदै डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग फाइनल भिडन्तपक्का गरेको हो । फाइनलखेल अक्टोबर ३० का दिन हुनेछ ।