कात्तिक १२, माङसेबुङ । इलामको माङसेबुङमा प्रथम सेवा सेवारो फुटसल प्रतियोगिता हुने भएको छ । माङसेबुङ ३ स्थित सेवा सेवारोटोल विकास संस्थाको आयोजनामा यहि कात्तिक १४ देखि १६ गते सम्म हुने प्रतियोगिता दुर्गा माविको खेल मैदानमा सञ्चालन हुनेभएको हो ।
आयोजक समितिले सोमबार टाईसिट सार्वजनिक गर्दै आयोजनाको तीव्र तयारी भइरहेको जनाएको छ । प्रतियोगिताको विजेताले नगद२० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।त्यसै गरी व्यक्तिगत विधातर्फ बेष्ट प्लेयर, हाइ स्कोर, बेष्ट किपर र उदीयमान खेलाडीको उपाधि रहेको छ ।
समितिले इन्ट्रि फि रु १५०० रहेको यस प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ ।
खेल संयोजक केबिहाङ राईले स्थानीय खेलाडी उत्पादन मुख्य उदेश्य रहे पनि खेल सँगै संस्थाको समग्र विकासको निम्ति प्रतियोगिताआयोजना गरिएको बताए ।