कात्तिक १३, काठमाडौँ । फुटबलको प्रतिष्ठित अवार्ड बालोन डोर म्यानचेस्टर सिटी तथा स्पेनी मिडफिल्डर रोड्रीले जितेका छन् । उनलेम्यानचेस्टर सिटीका लागि लगातार चौथोपल्ट इंग्लिस प्रिमियर लिग उपाधि जितेका थिए साथै रोड्रि युरो २०२४ विजेता विजेता हुन् ।त्यस्तै महिला तर्फ भने बार्सिलोना र स्पेनी स्टार आइटाना बोनमटीले अवार्ड हात पारिन् ।
आर्सनललाई पाखा लगाउदै सिटीलाई प्रिमियर लिग उपाधि दिलाउन २८ वर्षीय मिडफिल्डर रोड्रीले मुख्य भूमिका खेलेका थिए । यस्तैजर्मनीमा भएको युरोमा स्पेनले उपाधि जित्दा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी थिए ।
बालोन डोरको अवार्ड अवार्डका लागि रोड्रि सँगै ह्यारी केन, जुड बेलिङ्घम, भिनिसियस जुनियर लगायतका खेलाडीहरु चर्चामा थिए ।


