दर्शन राई, कात्तिक १४– माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालन भईरहेको प्रथम सेवा सेवारो फुटसल प्रतियोगिताको पहिलो दिन ६ वटा खेल भएको छ ।
जहाँ तीनचुले एफसि, एमपिसि, माङ्सेबुङ युथ, सिक्तेम्बा एफसि, नाचुहाङ एफ र चिभुवा एफसिले जित हात परेको छ ।
उद्घाटन खेलमा तीनचुलेले उत्तरे एफसिलाई ९–० गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी एमपिसिले पावा एफसिलाई निर्धारण समयमा ३–३ गोलको बराबरी पछि टाइब्रेकरमा २–१ गोलले पराजित गर्दा माङसेबुङ युथले चपेति क्लबलाई ४–०, सिक्तेम्बाले हिलिहाङ एफसिलाई ५–१, नाचुहाङले एनवाइसि डाँडागाउँलाई ४–० र चिभुवाले भेट्रान टिमलाई ६–० गोलले पाखा लगाउदै दोस्रो चरण प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । त्यसै गरी व्यक्तिगत विधातर्फ बेष्ट प्लेयर, हाइ स्कोर, बेष्ट किपर र उदीयमान खेलाडीको उपाधि रहेको छ ।
प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहको छ ।
माङसेबुङ ३ स्थित सेवा सेवारोटोल विकास संस्थाको आयोजनामा भइरहेको प्रतियोगिता कात्तिक १४ देखि १६ गते सम्म सञ्चालन हुनेछ । दोस्रो दिन पहिलो चरणको २ खेल सँगै दोस्रो चरणको ४ वटा खेल हुने आयोजकले जानकारी दिए ।