adv

जसपा नेपाल झापा पुनर्गठित, अध्यक्षमा चौधरी

 

कात्तिक १४, दमक जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समिति पुनगर्ठन भएको

बुधबार झापाको दमकमा आयोजित जिल्ला पुनर्गठन कार्यक्रमबाट नयाँ कार्य समिति गठन भएको हो

शत्रुधन चौधरीको अध्यक्षतामा पुनर्गठित कार्य समितिका उपाध्यक्षद्वयमा रविलाल ताजपुरिया साबित्री कुमारी राजवंशी छन् त्यस्तै सचिवमा विष्णु महतो, उपसचिवमा आकाश लावती कोषाध्यक्षमा नूतन झा छन्

पुनर्गठित समितिका सदस्यहरुमा क्रमशः लुखीराम मुर्मु, जितबहादुर राई, राजेन्द्र दियाली, राजेश राजवंशी, रञ्जना ढुङ्गाना, गुणराज राई, गोपाल ताजपुरिया जयनारायण राजवंशी छन्

अशोक राई समूह जसपा नेपालबाट बाहिरिएपछि झापामा जिल्ला अध्यक्षसहित केही पदाधिकारी रिक्त रहेको थियो पहिचान सङ्घीयताको आन्दोलनबाट उहाँहरु (अशोक राई समूह) भाग्नु भो आन्दोलनमा निरन्तर पार्टी स्थापनाकालदेखि लागिरहेका हामीले संगठन आन्दोलनालई थप उचाईमा पुर्याउने लक्ष्यका साथ जिल्ला समिति पुनर्गठन मार्फत पार्टी गतिविधि अगाडि बढाउने झापामाजनतासँग जसपा नेपाल अभियान सफल बनाउने कार्य प्रारम्भ गरेका हौँ’, जसपा नेपालका केन्द्रीय सदस्य धिरने सुब्बा लावतीले भने

बुधबारको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य जयराम यादवले पार्टीका धोकेबाजहरुलाई कुनै स्थान नरहेको जिकिर गरे बिगतमा गल्ती गर्नेहरु पार्टी छाडेर गैसके अब पछाडि फर्केर उनीहरुको आलोचना गरेर बस्ने समय छैन पार्टीको निर्दिष्ट लक्ष्य उद्देश्य प्राप्तिमा हामी सबैको ध्यान जानु पर्छ

कार्यक्रममा बोल्दै जसपा नेपालका प्रदेश अध्यक्ष दिपक याक्खाले अशोक राई समूह समाजवाद प्राप्तिको क्रान्ति पहिचान, सङ्घीताको लडाँइबाट भागेको आरोप लगाए

वक्ताका रूपमा रहेका जसपा नेपालका केन्द्रीय सदस्य लोकसागर साम्बाले लिम्बुवान, जनमुक्ति लगायत पहिचान सङ्घीयताको निम्ति राजनीतिक आन्दोलनमा रहेका साना शक्तिहरुलाई आफूमा समाहित गरेर अगाडि बढ्न सक्दा मात्रै जसपा नेपालको आन्दोलन सशक्त हुने सुझाव दिएका थिए

कार्यक्रममा जसपा नेपाल प्रदेश का मुख्यसचिव घनश्याम कट्वाल, केन्द्रीय सदस्य रङ्गलाला राजवंशी, प्रदेश सदस्य पदमकुमारी लिम्बू, लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष ओममाया आङ्देम्बेले शुभकामना व्यक्त गरेका थिए

जसपा नेपाल केन्द्रीय सदस्य धिरेन सुब्बा लावतीको अध्यक्षतामा सम्पन्न पुनर्गठन कार्यक्रममा मधेश राष्ट्रिय समितिका अध्यक्ष तुलसीप्रसाद राजवंशीको सञ्चालन रहेको थियो

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु