दर्शन राई, कात्तिक १५– माङसेबुङ । इलामको माङसेबुङमा सञ्चालन भईरहेको प्रथम सेवा सेवारो फुटसल प्रतियोगिताको दोस्रो दिन ६वटा खेल भएको छ ।
बिहीबार भएको दोस्रो दिनको पहिलो खेलमा सिङ्फेरे एफसिले सयपत्री एफसिलाई १०–२ गोल अन्तरले पराजित गरेको थियो ।त्यसैगरी आदर्श एफसिले खेलमा सहभागीता नजनाएपछि आयोजक सेवा सेवारो एफसिले नेट बल हान्दै दोस्रो चरण प्रवेश गरे ।
दोस्रो चरणको पहिलो खेलमा एमपिसिले तीनचुले एफसिलाई १ का विरुध्द ९ गोल गर्दै सेमिफाइनल पुग्ने पहिलो टोलि बनेको छ ।त्यस्तै सिक्तेम्बा एफसि र माङसेबुङ युथले ४–४ गोलको बराबरी पछि टाइब्रेकरमा युथ २–१ गोलले विजयी हुँदै दोस्रो सेमिफाइनल पुग्नेटोलि बन्यो ।
अर्को सेमिफाइनल पुग्ने टोलिमा सिङ्फेरे एफसिलाई १–० गोल अन्तरले हराउदै नाचुहाङ एफसि रह्यो भने चिभुवा एफसिले आयोजकलाई ३ का विरुध्द ९ गोल गर्दै अन्तिम सेमिफाइनल खेल्ने टोलि भएको छ ।
शुक्रबार हुने पहिलो सेमिफाइनल खेल नाचुहाङ एफसि र एमपिसि बिच हुने छ भने दोस्रो सेमिफाइनल खेल चिभुवा एफसिले माङसेबुङ युथसँग खेल्ने छ ।
प्रतियोगिताको विजेताले नगद२० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने छन् भने उपविजेताले नगद १० हजार सहित ट्रफि, मेडलर प्रमाणपत्र पाउने छन् । त्यसै गरी व्यक्तिगत विधातर्फ बेष्ट प्लेयर, हाइ स्कोर, बेष्ट किपर र उदीयमान खेलाडीको उपाधि रहेको छ ।
प्रतियोगितामा जम्मा १६ टिमको सहभागिता रहको छ ।
माङसेबुङ ३ स्थित सेवा सेवारोटोल विकास संस्थाको आयोजनामा भइरहेको प्रतियोगिता कात्तिक १४ देखि १६ गते सम्म सञ्चालनहुनेछ । तेस्रो तथा प्रतियोगिताको अन्तिम दिन सेमिफाइनल सँगै फाइनल खेल हुनेछ ।