adv

ध्रुवतारा कप २०८१ भेट्रानको उपाधि दमक १ लाई

 

मंसिर ५, दमक । ध्रुवतारा कप २०८१ को वडा स्तरीय भेट्रान तर्फको उपाधि दमक १ ले जितेको छ । डिफेन्डिङ च्याम्पियन दमक १ लेदमक ३ लाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

मंगलबार दमक ३ स्थित प्रस्तावित मदन भण्डारी खेल मैदानमा भएको खेलको पहिलो मिनेटमा नै आयुष लिम्बूको गोलबाट दमक १ ले अग्रता लिएको थियो । तर पहिलो हाफको अन्तिम मिनेटमा दमक ३ ले पेनल्टि पायो । जस्को सदुपयोग गर्दै कुमार गिरीले टिमलाई बराबरीमा पुर्याए ।

दोस्रो हापको १८औं मिनेटमा सुजन राईले फ्रि किक मार्फत सुन्दर गोल गर्दै दमक १ लाई अग्रता दिलाए । खेलको २३औं मिनेटमा दमक१ का लेजेण्ड खेलाडी गजेन्द्र देवानको फ्रिकिक बललाई बिनम मगरले जाली चुमाए । दमक ३ ले २७औं मिनेटमा गोल गर्दै खेलमा फर्केने संकेत गरे पनि २८औं मिनेटमा आयुष लिम्बूले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

युवा तर्फको फाइनल खेल भने बुधबार हुने खेल हुनेछ ।सम्पूर्ण भेट्रान्स सहित विजेता तथा उपविजेताहरुलाई बुधबार पुरस्कार वितरण गरिने खेल संयोजक सुशिल तामाङले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु