adv

आत्मानन्द गोल्डकप- उपाधिका लागि साबिक विजेता तिजोकसँग दुधे भिड्दै

 

मंसिर १६, माङसेबुङ इलामको माङसेबुङमा जारी आत्मानन्द गोल्डकप २०८१ को फाइनल खेल मंसिर १७ गते सोमबार साबिक विजेता तिजोक युवा क्लब पाँचथर दुधे युथ क्लब झापाबीच हुनेछ

जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङलाई गोल अन्तरले हराउदै दुधे फाइनल प्रवेश गरेको थियो यसैगरी दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई गोलले हराउदै तिजोक उपाधि नजिक पुगेको हो तिजोक गत संस्करणको विजेता समेत रहेको

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा तिजोक दुधेसहित माङसेबुङ गाउँपालिका इलाम, दमक भाङबारी स्पोर्टिङ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजङ्गा स्पोर्टिङ क्लबमोरङ, आयोजक भारतको एमएफसी दार्जिलिङको सहभागीता रहेको थियो

मंसिर बाट सुरु भएको प्रतियोगिताको विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद दुई लाख पाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेत हुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु