adv

आत्मानन्द गोल्डकप- भाङबारीलाई हराउदै तिजोक फाइनलमा, उपाधिको लागि दुधेसँग भिड्दै

 

मंसिर १४, माङसेबुङ साबिक विजेता तिजोक युवा क्लब आत्मानन्द गोल्ड कप २०८१ को फाइनल पुगेको इलाम जिल्लाको प्रतिष्ठित फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा दमक भाङबारी स्पोर्टिङ क्लब झापालाई एकका विरुद्ध दुई गोल गर्दै तिजोकले उपाधि भिडन्त पक्का गरेको हो

तिजोकले उपाधिका लागि मंसिर १७ गते दुधे युथ क्लब झापासँग खेल्नेछ

शुक्रबार माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा भएको खेलको १८औं दमकमा अशोक खवासले रेड कार्ड पाउदै मैदान छाडेका थिए आठ खेलाडीमा समेटिएको दमक विरुद्ध पहिलो हाफको अतिरिक्त समयमा निर्देश राईले गोल गर्दै तिजोकलाई सुरुवाती अग्रता दिलाएका थिए त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा निर्देश राईले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनायो तरखेल सकिनै लाग्दा दमक भाङबारीका लागि रोहन भुजेलले गोल गर्दै खेलमा फर्कने संकेत गरेपनि पर्याप्त हुन सकेन

खेलको मेन अफ दी म्याच तिजोकका लागि दुई गोल गरेका निर्देश राई घोषित भए उनले नगद पाँच हजार ७१ रुपैयाँ सहित ट्रफी, मेडल हात पारे

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङको ७१औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नोमाङगेन्ना सेवाको अवसरमा १७औं आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा तिजोक दमकसहित माङसेबुङ गाउँपालिका इलाम, दुधे युथ क्लब झापा, चुलाचुली स्पोर्टिङ क्लब झापा, सिरिजङ्गा स्पोर्टिङ क्लब मोरङ, आयोजक भारतको एमएफसी दार्जिलिङको सहभागीता रहेको प्रतियोगिता मंसिर देखि १७ गते सम्म सञ्चालन हुनेछ

विजेताले नगद तीन लाख ११ हजार एक सय ७१ रुपैयाँ सहित ट्रफि मेडल प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद दुई लाखपाँच हजार एक सय ७१ रुपैयाँ सँगै ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन्

व्यक्तिगत विधातर्फ म्यान अफ म्याच सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडी उत्कृष्ट प्रशिक्षकले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् 

यस अवसरमा फुटबलसँगै म्याराथन, पक्लुङ(छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायत खेलहरु समेतहुने आयोजकले समितिले जानकारी दिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु