adv

दोस्रो एनआरएनए इलाम गोल्डकप- रेडस्टार झापाको जितसँगै सेमिफाइनल समीकरण पुरा

 

मंसिर २५, इलाम झापाको रेड स्टार फुटबल क्लबले एनआरएनए इलाम गोल्डकपमा जित निकालेसँगै सेमिफाइनल समीकरण पुराभएको इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको चौथो दिन अर्थात पहिलो चरणकोअन्तिम खेलमा डिभिजन क्लब मछिन्द्र फुटबल क्लब काठमाडौंलाई गोल अन्तरले हराउदै रेडस्टार सेमिफाइनल प्रवेश गरेको हो

आइतबार इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको ३५औं मिनेटमा आदित्य शाक्यले गोल गर्दै रेड स्टारलाई अग्रतादिलायो पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले देवेन्द्र तामाङको गोलबाट ७०औं मिनेटमा खेलमा फर्कियो तर ८१औंमिनेटमा पोकु हेङ्ग्रिको फ्रिकिक बललाई निरज कार्कीले गोल गर्दै जित पक्का गरे

बिहिबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक रेड हर्ष फुटबल क्लब चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच  हुनेछ

इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका डिभिजनक्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लबसाथै झापाको रेडस्टार क्लब  पाहुना टोलीको रुपमा भारतको जीटीए११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको

मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल प्रमाणपत्र हात पार्नेछन् भनेउपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु