adv

दोस्रो एनआरएनए इलाम गोल्डकप- आयोजकलाई हराउदै चर्च ब्वाइज फाइनलमा

 

मंसिर २६, इलाम काठमाडौंको चर्च ब्वाइज युनाइटेड एनआरएनए इलाम गोल्डकपको फाइनल पुगेको

इलाम सदरमुकाममा सुरु भएको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोल गर्दै उपाधि भिडन्त पक्का गरेको हो

आइतबार इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा भएको खेलको इन्जुरी समयमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै जित दर्ता गरेको थियो

बिहिबार डिफेन्डिङ च्याम्पियन न्युरोड फुटबल क्लब रेड स्टार झापा बिच अन्तिम सेमिफाइनल हुनेछ विजेताले मंसिर २९ गते चर्चब्वाइजसँग उपाधिको लागि खेल्नेछ

इलामको गौरवको रुपमा जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको गोल्डकपमा आयोजक सहित काठमाडौंका डिभिजन क्लबहरु त्रिभुवन आर्मी क्लब, सङ्कटा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), चर्ज ब्वाइज युनाइटेट, मछिन्द्र फुटबल क्लबसाथै झापाको रेडस्टार क्लब  पाहुना टोलीको रुपमा भारतको जीटीए११ दार्जिलिङ गरी आठ टिमको सहभागिता रहेको

मंसिर २९ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल प्रमाणपत्र पाउनेछन्

त्यसैगरी व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी उत्कृष्ट कोचले नगद २५ हजार सहित ट्रफि प्राप्त गर्ने छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु