पुष ६, दमक । झापाको कमल गाउँपालिका– ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम कार्यक्रमको समीक्षा सहित आयव्यय सार्वजनिक गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाउँ समितिले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको चासोक तङ्नाम (उधौली) कार्यक्रमको आयव्यय शुक्रबार किरात भवनमा सार्वजनिक गरेको चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए । उनका अनुसार मंसिर ३० गते सम्पन्न कार्यक्रमको स्टेज, प्रचार प्रसार, कलाकारहरुको पारिश्रमिक लगायत गरि कुल ३ लाख ६५ हजार खर्चभएको छ । खर्च मध्ये आधा–आधा रकम दुवै आयोजक संस्थाले व्यहोर्ने समेत निर्णय भएको छ । उनका अनुसार कार्यक्रम सफलबनाउन स्वदेश तथा विदेशमा बस्दै आएका सहयोगी दाताहरुले समेत स्वेच्छिक रुपमा सहयोग गरेका थिए ।
त्यसैगरी कार्यक्रममा उपस्थित सहभागीहरुबाट ५० हजार सात सय ५० रुपैँया सहयोग प्राप्त भएको चुम्लुङ कमलका अध्यक्ष दिवस सम्बाहाम्फेले बताए ।
चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चासोक विशेष सांस्कृतिक कार्यक्रममा लिम्बू जातिका गीत, नृत्य प्रस्तुत गरिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने दाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।