सजन राई / पुष १५, मिक्लाजुङ । एन्जिला तुम्बापो फाउण्डेसनका लागि त्रिपालिका स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता सम्पन्न भएको छ । पाँचथरको मिक्लाजुङ ४ रवि स्थित दुर्गा माविको खेल मैदानमा आयोजित प्रतियोगितामा पाँचथर र इलामका गरी तीन पालिकाको सहभागिता रहेको थियो ।
लिग प्रणालीबाट खेलाइएको प्रतियोगितामा सहभागी टिमहरु सबैले दुई खेल खेलेका थिए । जस्मा पाँचथरको मिक्लाजुङ गाउँपालिका चार अंक सहित पहिलो भए । दुई अंक बटुलेको इलामको माङसेबुङ गाउँपालिका दोस्रो हुँदा एक अंक पाएको पाँचथरको फाल्गुनन्द गाउँपालिका तेस्रो स्थानमा रहे ।
माङसेबुङ उपाध्यक्ष विनोद नेम्बाङ, माङसेबुङ ६ वडा अध्यक्ष प्रदिप साङपाङ सहित मिक्लाजुङ र फाल्गुनन्दका विभिन्न संघ संस्थाको उपस्थितिमा प्रतियोगिता सम्पन्न भएको थियो ।
प्रतियोगिताबाट १६ हजार रुपैयाँ संकलन गर्न सफल भएको कार्यक्रम तथा खेल संयोजक छत्रहाङ लावतीले जानकारी दिए ।
उनी भछन्-‘५० हजार जति संकलन गर्ने लक्ष्य लिएका छौ । अहिले १६ हजार जम्मा भयो । अब माङसेबुङ २ को डोलटार खेल मैदान र फाल्गुनन्दको घुर्विसे पञ्चमी बजारमा खेल हुनेछ तर मिति भने तय भइसकेको छैन ।‘
उनले संकलित रकमबाट फिदिम, इलाम र झापाको दमकमा रहेको अनाथहरुलाई फाउण्डेसनको तर्फबाट महिला राष्ट्रिय टोलीकी कप्तान एन्जिलाको जीवनीमा आधारित फिल्म एन्जिला देखाउने बताए ।